सरकारले चाहे प्रत्येक वर्ष साढे तीन लाख व्यक्तिलाई रोजगारी

काठमाडौं, भदौ २ । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । तर, अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७४ र ०७५ मा गरेको आर्थिक प्रक्षेपणमा देशको कुल जनसंख्याको ३.२ प्रतिशत जनसंख्या मात्रै बेरोजगार देखाउँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: