Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

इस्लामावाद, भदौ २ । पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राष्ट्रपति ममनून हुसेनबाट पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कालो रंगका शेरवानीमा सजिएका पीटीआइका प्रमुख एवं पूर्वक्रिकेटर इमरान खानले उर्दू भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन ।

इमरानका शपथग्रहण समारोहमा शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री, सभामुख, उपसभामुख, सेनाका उच्च अधिकारीहरुको, मुख्यमन्त्रीहरु, उच्च सरकारी अधिकारीहरुको उपस्थित थिए । साथै समाराेहमा कांग्रेसका नेता एवं पूर्वक्रिकेटर नवजोतसिंह सिद्धूका साथै पूर्वसहित वर्तमान खेलाडीको बाक्लो उपस्थिति थियो ।

इस्लामावादमा पूर्वक्रिकेट कप्तानले साधारण समारोहमा शपथ लिएका हुन । खान शुक्रवार पाकिस्तानी नैशनल असेम्बलीमा भएको मतदानमा १७६ मल प्राप्त गरि देशका २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

शपथ ग्रहणमा ठूलो संख्यमा पाकिस्तानी सेनाका उच्च अधिकारीहरुको उपस्थिति थियो । इमरानकी श्रीमति बुशरा उर्फ पिन्की पीर पनि शपथग्रहण समारोहमा उपस्थित थिइन ।

गएको जलाई २५ तारिकमा भएको आम निर्वाचनमा इमरानको पार्टी पीटीआई धेरै स्थान जित हात पार्दै पाकिस्तानको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो । पाकिस्तानको इतिहासमा क्रिकेटरबाट प्रधानमन्त्री हुने इमरान खान पहिलो व्यक्ति हुने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: