Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रामबृक्ष स्मृतिसभालाई प्रचण्ड र ओलीले सम्बोधन गर्दै

धनुषा, भदौ २ । तत्कालीन नेकपा माओवादीका नेता रामबृक्ष यादवको आज २४ औं स्मृति सभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् ।

धनुषाको बरमझियामा शनिबार आयोजित स्मृति सभामा जनसागर उर्लिएको छ । प्रदेश २ का ८ वटै जिल्लाबाट नेकपाका नेता कार्यकर्ता बरमझिया आइपुगेका हुन् । करिब लाख भन्दा बढी कार्यकर्ता कार्यक्रममा सहभागी भएको आयोजकले जनाए ।

सहभागीहरुले ल्याएका सवारी साधन मोटरसाइकल र चारपांग्रे गाडीले सडकमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । ब्यवस्थापन गर्न प्रहरी र ट्राफिकलाई हम्मेहम्मे परेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्ड जनकपुरधाम पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था पथ कडा पारिएको छ । सभालाई ओली, प्रचण्डलगायत अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

मधेषका लोकप्रिय नेता रामबृक्षलाई प्रहरीले हत्या गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: