Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई

काठमाडौं, भदौ २ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री खानलाई महासचिव सियालले शनिबार पठाएको बधाई सन्देशमा उनको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास प्रतिविम्बित गरेको बताए ।

सार्कको स्थापनादेखि नै दक्षिण एसियामा क्षेत्रीय सहयोग सुदृढ तुल्याउन पाकिस्तानले उल्लेखनीय योगदान गरेको बताउँदै सन्देशमा उनले सार्क मुलुकका जनताको कल्याणका लागि काम गर्नु सङ्गठनको मूल उद्देश्यमा पाकिस्तानले प्रशंसनीय योगदान गरेको उल्लेख गरेका छन् ।

सार्कको १९ औँ शिखर सम्मेलन यथाशीघ्र इस्लामावादमा आयोजना गर्न उपयक्त वातावरण बन्नेमा आफू विश्वस्त रहेको महासचिव सियालले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: