Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘७ घण्टा भन्दा धेरै सुत्नु खतनाक’

तपाईको दिन कसरी वित्छ भन्ने कुरा धेरै हदसम्म तपाईको निद्रामा निर्भर हुने गर्दछ । गहिरो निन्द्राले तपाईको स्वस्थमात्रै होइन समग्र दैनिकीलाई नै प्रभाव पार्द र धेरै रोगबाट बचाउने गर्दछ ।

तर नयाँ अध्ययनका अनुसार तपाई धेरै सुत्नु हुन्छ वा मन पराउनु हुन्छ भने अब सावधान हुने पर्ने समय आएको छ । भर्खरै गरिएको एक अध्ययन अनुसार यदि धेरै निन्द्रा लाग्छ र सुत्नु हुन्छ भने तपाईलाई गम्भीर प्रकृतिको रोग लाग्न सक्छ । के तपाई पनि सात घण्टाभन्दा धेरै सुत्नु हुन्छ ?

अमेरिकन हार्ट एसोसिएशनमा प्रकाशित शोध अहिलसम्मका भनाई र दावीलाई चुनौति दिने अनौठो खालको नयाँ तथ्य सार्वजनिक गरेको छ । एउटा सामान्य व्यक्ति धेरै सुत्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यदि तपाई ७ घण्टा भन्दा धेरै सुत्नुहुन्छ भने तपाईको लागि खतरनाक हुनसक्छ । शोधका अनुसार जुन व्यक्ति ७ घण्टा भन्दा धेरै सुत्न छन् उनीहरुलाई गम्भीर रोग लाग्ने सम्भावना बढी हुन्छ ।

स्ट्रोक्सको खतरा
३३ लाख भन्दा धेरै व्यक्ति संलग्न शोधमा अधिक निन्द्राले मुटुको रोग र स्ट्रोकको खतरा बढ्छ । रिपोर्टका अनुसार जुन व्यक्ति धेरै सुत्छन् तीहरुले कम व्यायाम गर्छन र मुटु सम्बन्धी समस्या हुने खतरा अधिक हुन्छ । शोधमा यो पत्ता लागेको छ कि दैनिक ७ देखि ८ घण्टासम्म सुत्ने व्यक्तिमा यस्ता खालका रोग हुने खतरा तुलनात्मक रुपमा कम हुन्छ । यधपि, शोधले कम सुत्ने व्यक्तिहरुमा पनि रोग र मृत्युको जोखिम विस्तारै बढ्दै जाने दावी गरेको छ

४५% भन्दा धेरै हृदयरोग खतरा
शोधका अनुसार, जुन व्यक्ति राति ९ घण्टासम्म सुत्थें, उनीहरुको मृत्युदर १४ प्रतिशत बढी हुने हुन्छ । जबकि ती व्यक्ति जो १० घण्टाभन्दा बढी सुत्छन् उनीहरुको मृत्यु मृत्युदर ४७ प्रतिशत बढी हुन्छ । सबैभन्दा अचम्मको कुरा त के भने जो १० घण्टा या त्यो भन्दा बढी समयसम्म सुत्छन् तिनीहरुमा स्ट्रोकका कारण मृत्यु हुनेको संख्या ५६ प्रतिशत भन्दा बढी हुन्छ । जबकि हृदयघातका खतरा ४९ प्रतिशत बढी हुन्छ ।

त्यसैले तपाई पनि लामो समय सुत्ने निद्राको शाैखिन हुनुहुन्छ भने यो बानीलाई समयमै सुधार्नु होस् । किनकि धेरै सुत्नु स्वास्थ्यका खतनाक हुने शोधले पत्ता लगाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: