Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि…

काठमाडौं, भदौ २ । बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग गर्दै राजधानीमा महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

शनिबार कारठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्ने युवतीहरुलाई तेस्रोलिंगी साथै पुरुषहरुलेसमेत साथ दिएका थिए ।

प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी, रिया भण्डारी र तेस्रोलिंगी सन्ध्या लामालाई पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हा ।

बलात्कारका घटना शृंखलाबद्धरुपमा भइरहेको अवस्थामा राज्यप्रशासन दोषीलाई कारबाही गर्न असफल भएको भन्दै विभिन्न महिला संगठनका अधिकारकर्मीहरुले चरणवद्ध विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

यस सम्बन्धमा संसदमै पनि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग सांसदहरुले उठाएका छन् । तर नेपालको संविधानमा मृत्युदण्ड सम्बन्धी कानुन बनाइने छैन भनि उल्ले गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: