Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयल निगमलाई मासिक १५ करोड घाटा !

काठमाडौं, भदौ ३ । नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । डलरको विनिमयदरमा प्रतिडलर वृद्धि हुँदा निगमले अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार निगमले आईओसीलाई भुतानी गर्नुपर्ने हुँदा निगमलाई थप नोक्सान थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: