Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्ड भन्छन्,- ‘सरकार सम्वृद्धिको यात्रामा बढिरहेको छ’

धनुषा, भदौ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाउन सरकारअघि बढेको दावी गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको २४ औं स्मृति सभालाई सम्बोधन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपालको बारेमा बोलेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई चुनाव जित्नु र हार्नुभन्दा देश र जनतालाई सम्वृद्ध बनाउने लक्ष्यका साथअघि बढिरहेका छौ, अगामी पाँच वर्षभित्र जनताले चाहेको सम्वृद्धि मुलुकमा आउँछ ।’
प्रदेश २ उत्कृष्ट र सम्वृद्ध प्रदेश नभएसम्म मुलुक सम्वृद्ध नहुने जिकिर गर्दै अध्यक्ष प्रचण्डले सडक, खाने पानी, स्वास्थ्य, शिक्षा लगायत विषयलार्इ समेटेर सरकारले विशेष प्याकेज ल्याइएको बताए । सम्बोधनमा बोल्दै उनले भने, ‘हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री हुँदा अघि बढेकाले कुनै पनि बाहानामा काम नरोकिदैन ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमति अनुरुप संघीय समाजवादी फोरम सरकारको आएको छ, प्रचण्डले भने,‘यही सहमतिलाई टेकेर राजपा पनि सरकारमा सहभागी भई देशलाई सम्वृद्ध बनाउने अभियानमा सहभागी गराउछौँ ।’ सरकारमा सहभागिताका बारे राजपाका नेतासँग छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए । नयाँ पत्रिकामा खबर छ ।

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैछ भन्दै संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गरी स्थिर सरकार गठन गरी आर्थिक विकास र सम्वृद्धितर्फ मुलुकलाई लैजानुको विकल्प नभएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: