Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेस्सीको २ गोलमा बार्सिलोनाको शानदार जित

काठमाडौैं, भदौ ३ । लियोनल मेसी कप्तान रहेको बार्सिलोनाले ला लिगाको नयाँ सिजनको पहिलो खेलमा उत्कृष्ट निकाल्दै नयाँ यात्रा सुखत शुरुवात गरेको छ । घरेलु मैदानमा हिजो (शनिबार) राति भएको खेलमा उसले एलाभेसलाई ३-० ले हराएको हो ।

क्लबको कप्तान बनेपछिको पहिलो ला लिगा खेलमा स्टार स्ट्राइकर मेस्सीले दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले एक गोल गरे । आन्द्रेस इनिएस्टा जापान गएपछि मेस्सी बार्सिलोनाको कप्तान भएका हुन् । मेस्सीले ला लिगामा लगातार १५ खेलमा गोल गरेका छन् । उनले अघिल्लो सिजनका पछिल्ला १४ खेलमा पनि गोल गरेका थिए ।

८ वर्षअघि ला लिगामा बार्सिलोनाको पाँच हजार गोल गरेका मेस्सीले अहिलेसम्म गरेका गोलको गणना गर्दा बार्सिलोनाले शीर्ष लिगमा गरेको गोलको ६.४ प्रतिशत हुन्छ र यो कुनै पनि खेलाडीको भन्दा धेरै हो । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: