प्रदूषण मापदण्ड नै नभएको मोटरसाइकल !

काठमाडौं, भदौ ३ । मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ । तर बंगलादेशको मोटरसाइकल ‘रनर’को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो । कारोबारमा खबर छ ।

याे पनि पढ्नुस  वीरगन्ज नाकाबाट चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो

प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ । भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।

याे पनि पढ्नुस  मोटरसाइकल र कारको माइलेज कसरी बढाउने ? जान्नुस् यी तरिका

तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ । सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो ।

कमेन्ट गर्नुहोस्