Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, भदौ ३ । काभ्रे जिल्ला अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई थप दिन थुनामा राख्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै पुनः पक्राउ परेका प्रकाण्डलाई आइतबार काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यहाँको एक क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागे पनि अदालतले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: