Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्रीले पाँच भाषामा ट्विट गर्दै भने, ‘मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको छ’

काठमाडौं, भदौ ३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको आफ्नो ट्वीटमार्फत बताएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरेका छन् ।

ट्विटमा लेखिएको छ, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज ६ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ।’ प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: