Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलेसियाबाट एक महिलाको उद्वार

मलेसिया, भदौ ३ । भर्‍याङबाट लड्दा घाइते भई समस्यामा परेकी एक नेपाली महिलाको मलेसियाबाट उद्वार गरिएको छ। रोजगारीको शिलशिलामा मलेसिया पुगेका केही नेपाली युवाहरुको सक्रियतामा उनको उद्वार गरिएको हो।

पूर्वी रूकुमको भुमे गाउँपालिका ४ कि हिरा पुन मगर पाँच महिना अघि रोजगारीका लागि मलेसिया आएकी थिइन्। ललितपुरको  “international Manpower Recruttment”भलतू बाट मलेसिया आएकी उनी दुर्घटनामा परिन र कम्पनीले वेवास्ता गरेपछि उपचारको mागि सार्वजनिक अनुरोध गर्नु पर्ने अवस्था आयो ।

त्रियासी हजार नेपाली रकम तिरेर मलेयसिया इपोहको “Qaulity coils Industries” कम्पनीमा आएकी पुन काम सकेर होस्टेलमा पानी भर्न जादा भर्‍याङमा लडेपछि खुट्टामा गहिरो चोट लागेको थियो।

गम्भीर चोटका कारण विगत तीन महिनादेखि उनी काम गर्न सक्ने अबस्थामा नरहेको दाङका शान्तराज बुढा मगरले जानकारी दिए । हाल उनको उद्वार भएपनि स्वास्थ्य अवस्था भने कुनै सुधार भएको छैन् ।

स्थानीय मेडिकलमा नियमित उपचार गर्दा पनि घाउ निको नभएपछि नेपाल फर्किएर उपचार गराउने उनले बताइन । यद्यपि कम्पनीले नेपाल जानुपुर्व ४ हजार ७ सय मलेसियन रिंगिट भुक्तानी गर्नुपर्ने अडान राखेपछि उनी थप समस्यामा परेकी थिइन ।

म्यानपावर र एजेन्टलाई यसबारेमा जनाकारी गरे पनि उनीहरुले बेवास्ता गरेको पीडित पुनको आरोप छ। कम्पनीले भने अनुसारको रकम जुटाउन नसक्दा तनाबमा रहेकी पुनलाई नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष प्रेम पाण्डे र मलेसियामै कार्यरत नेपाली युवाहरु शान्तराज बुढामगर, रामप्रसाद पुनमगर, इन्फर्मेसन मगर, लोकेन्द्र मगर, तेजकुमार बुढामगर र रोल्पा समाज सेवा संस्थाले नेपालबाट पठाएको मेनपावर एवं नेपाली दूतावासलाई दबाब दिएपछि पीडित पुनको उद्धार भएको हो।

पुनले उद्दरमा सहयोग गर्ने सबैलाई प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छन् । पुन शनिबार बेलुकी काठमाडौं पुगेकी हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: