Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाकाे जनसांस्कृतिक महासङ्घका सबै घटकका अध्यक्ष चयन, काे काे चुनिए ?

काठमाडौं, भदौ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालको मूल नेतृत्वबाहेक सबै घटकको नेतृत्व टुङ्गिएको छ ।

महासङ्घअन्तर्गतका सात घटकको नेतृत्व टुङ्गिए पनि महासङ्घको नेतृत्वमा भने सहमति हुन नसकेको कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिए ।

एकताअघि नै दुईवटै सङ्गठनको नाम एउटै भएकाले नाममा विवाद रहेन ।  महासङ्घको नेतृत्वमा खगेन्द्र राई र सरल सहयात्री रहेका छन् । राईले नेतृत्व चयन गर्ने जिम्मा पार्टीलाई दिइएको जानकारी दिए ।

जनसांस्कृतिककर्मी सङ्घका अध्यक्षमा कर्णबहादुर परियार, जनसांस्कृतिक लेखक सङ्घका अध्यक्षमा राम विनय, चलचित्रकर्मी सङ्घ नेपालका अध्यक्षमा दिनेश डिसी र ललितकला परिषद्का अध्यक्षमा देवेन्द्र थुम्केली सर्वसम्मत चयन भएका छन् ।

यस्तै लोकबाजा तथा बहुभाषा परिषद्का अध्यक्षमा डा मधुसूदन गिरी, समाज अध्ययन परिषद्का अध्यक्षमा डा भिक्टर प्रधान र जननाट्यकर्मी सङ्घ नेपालका अध्यक्षमा पुष्प आचार्य रहेका छन् ।

यसैगरी अखिल नेपाल महिला सङ्घ र अनेमसङ्घ (क्रान्तिकारी) बीचको एकतामा पनि नेतृत्व, नाम र केन्द्रीय कमिटीमा विवाद देखिएको छ । कार्यदलका सदस्य गोमा देवकोटाले तीन उपसमिति गठन गरेर काम भइरहेको भन्दै नेतृत्व र सङ्गठनका नाममा सहमति नभएको बताए ।

उनका अनुसार चाँडै सहमति गरेर प्रतिवेदन बुझाइने छ । एकताका लागि गठीत कार्यदलले साउन मसान्तसम्म एकताको प्रतिवेदन पार्टीलाई बुझाउने भने तापनि अहिलेसम्म केहीले मात्र बुझाएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते पार्टी एकता भएपछि तीन महीनाभित्र जनवर्गीय सङ्गठन एकता गर्ने भनिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: