भोक लाग्यो ? ‘कांग्रेस क्यान्टिन’ छ नी !

काठमाडौं ,भदौ ४ । ठूलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीका हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ ।

नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरु खाजा खान होस् वा भेटघाट गर्न, कांग्रेस क्यान्टिन् पुग्छन् । अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कंडेल खाजा खाँदै पत्रकारसँग गफिरहेका थिए । केहि समय बसेर उनीहरु आफ्नो कार्यालयतिर लागे ।

कमेन्ट गर्नुहोस्