नेपाल र श्रीलंकाबीच खेल, नेपाली क्रिकेट टिम आज श्रीलंका जादै !

काठमाडौं, भदौ ३ । अगस्ट २८ देखि मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाँदैछ । त्यहाँ उसले तीन क्लबसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टिमले श्रीलंकाको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टिमलाई आज सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन । नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् ।

यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् । बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् । अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ्, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्