Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कालीमाटी बजार अनुगमनमा अवरोध गरेको भन्दै दुई व्यवसायी पक्राउ

काठमाडौँ, भदौ ४ । सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुईजना व्यवसायीलाई पक्राउ गरेको छ ।

कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हो ।उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

विवादबारे बुझ्न आपूर्तिमन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति बिभागको टोलीलाई भित्र राखेर व्यापारीले अवरोध गरेका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: