Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विष्णुजङ्गको तीजको कोसेली ‘मेरो राजा’ युट्यबुमा भिडियो सार्वजनिक (भिडियोसहित)

तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् ।

यही माहौलमा मौलिक तीज गीत ‘मेरो राजा’ पनि बजारमा आएको छ । गीतमा गायक देवकोटा र गायिका सीता केसीको आवाज भरिएको छ ।

विष्णुजङ्ग शाहको शब्द रहेको गीतमा संगीत गायक देवकोटाकै रहेको छ ।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् ।

सुस्मिता बुर्लाकोटी, मदन खड्का, अमृता थापा र गायक देवकोटाको दमदार अभिनयले गीतलाई जीवन्तता दिएको छ । वीरेन्द्र भट्टले छायांकन गरेको यस गीतको भिडियोलाई निर्देशन भने मदन खड्काले गरेका हुन ।

स्मरण रहोस् अमेरिकामा रहेर नेपाली मौलिक गीतलाई माया गर्ने सर्जक विष्णुजङ्ग शाह नेपाली संगीतको दुनियामा आशालाग्दा ब्यतित्व हुन ।

हेर्नुहोस् भिडियो–

https://www.youtube.com/watch?v=BWQhNGWeAC0&feature=youtu.be

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: