Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानमा ३ वटा यात्रुवाहक बस अपहरण

अफगानिस्तान, भदौ ४ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताए ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिए । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ ।

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गर्नुभएको एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेकाे युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो ।

सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: