Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीबाट हतियारसहित ७ जना पक्राउ

काठमाडौं, भदौ ४ । राजधानीबाट प्रहरीले हतियारसहित सात जना पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह पक्राउ परेका उनीहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा तीनकुनेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रहरीले उनीहरुको साथबाटए एउटा पेस्तोल, सोको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: