Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१३ वर्षीय किशोरीलाई बलात्कारपछि हत्या गरेको अभियोगमा विष्ट पक्राउ

भीमदत्तनगर, भदौ ४ । भीमदत्त नगरपालिका–२ की कक्षा ९ मा अध्ययन गर्ने १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रमुख आरोपी दिलिपसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेको ५ ।

भीमदत्त नगरपालिका–१९ खन्ना चौराहाका विष्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले घरै बाट सोमबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ ।

अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई सोमबार सार्वजनिक गरिएको छ । स्थाानीय बासिन्दाका अनुसार पक्राउ परेका बिष्टको मानसिक सन्तुलन ठिक नभएको बताए । बिष्ट छ महिना अघि मात्र १० वर्ष हत्या आरोपमा कारागार बिताएर आएका हुन । उनले आफनै भिनाजुलाई ढुगां प्रहार गरी हत्या गरेको अभियोग थुनुवामा थिए ।

साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: