भिनेश फोगटले दिलाइन भारतलाई एसियाडमा पहिलो स्वर्ण पदक

जकार्ता, भदौ ४ । कुस्तीकी भिनेश फोगटले १८ औं एसियाडमा भारतका लागि पहिलो स्वर्ण पदक दिलाएकी छन् । ५० केजी तौल समूहको सोमबार सम्पन्न फाइन स्पर्धामा फोगटले जापानकी इरी युकीलार्य ६–२ ले पराजित गरेकी हुन । एसियाली खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो भारतीय महिला खेलाडी हुन ।

याे पनि पढ्नुस  भारत-पाकिस्तान सीमामा फेरि तनाव, गोली हानाहानमा मारिए दुई सर्वसाधारण सहित छ जना

उनले सेमी फाइनलमा उज्बेकिस्तानकी कुस्तीबाज दौलतबाइक याकशीमुरातोवालाई प्राविधिक श्रेष्ठताका आधारमा पराजित गरेर फाइनलको यात्रा तय गरेकी थिइन । उनले क्वार्टर फाइनलमा पनि प्राविधिक श्रेष्ठताका आधारमै चीनकी सन यनानलाई ८–२ ले पराजित गर्दै सेमी फाइनलमा पुगेकी थिइन ।

उनीे सन २०१६ को रियो ओलम्पिकमा ४८ केजी तौलसमूहमा क्वाटर फाइनलमा ग्रीसका खेलाडीविरुद्ध खेल्दा घुडाँको चोटका सन २०१७ मा खेल्न पाइनन् । उनले यसअघि सन २०१४ को कमनवेल्थ गेम्समा ४८ केजी समूहमा स्वर्ण पदक हात पारेकी थिइन भने २०१८ को गोल्ड कोस्ट कमनवेल्थ गेम्समा पनि ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन ।

याे पनि पढ्नुस  पुनर्निर्माणलार्इ एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन

साथै उनले सन २०१४ को इन्चोन एसियाडमा ४८ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन । पछिल्ला ६ एशियायाली चैम्पियनशिपमा उनले ३ रजत ३ कांस्य पदक जितेकी थिइन ।

भिनेश फोगट आगामी विहीबार २४ औं जन्मदिन मनाउने तयारीमा छन् ।

याे पनि पढ्नुस  विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्