Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाको सचिवालय बैठक शुरु, यस्तो छ एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा केही समयअघि शुरु भएको छ । नेकपाकाे तल्ला कमिटीकाे एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीका आयोग, विभाग र जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई टुंगो लगाउन पार्टीको सचिवालय बैठक बोलाइएको हो । र भोलिस्मम एकीकरणको काम टुंगो लगाउने भन्दै मातहतका निकाय प्रदेश, जिल्ला र स्थानीय तह अन्तर्गतका कमिटीको एकीकरणको काम सक्न कार्यदललाई निर्देशन दिइएको थियो ।

सचिवालयमा प्राप्त कार्यदलका प्रतिवेदनमाथि आजको छलफल केन्द्रित रहने एक नेताले जानकारी दिए । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अध्यक्ष प्रचण्डले संगठन एकीकरणका लागि गठित कार्यदलले दिएको सुझावमै केन्द्रित रहेर संगठन एकीकरणको कामलाई टुंगो लगाउने तयारी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: