Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यूएईमा एक नेपाली ११ दिन देखि कोमामा, उपचार संभव नदेखिए पछी नेपाल पठाउने तयारी

युएई ,भदौ ४। वैदेशिक रोजगारीका लागि युएई आएका मकैसिङ्ग ,गोरखाका ताराबहादुर गुरुङ्ग विगत ११ दिन देखि अचेत अवस्थामा दुवईको रसिद अस्पतालमा उपचाररत रहेका छन्।

युएईको दुबई राज्य स्थित ब्लु डायमण्ड सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षा गार्डको काम गर्ने गुरुङ्ग अगस्ट ८ तारिख अचानक बान्ता गर्ने र टाउको दुख्ने भएपछि एम्बुलेन्स मार्फत अस्पताल लगिएको भए पनि ब्रेन ट्युमरका कारण हालसम्म कोमामा रहेको बिरामीका सहकर्मी रेख बहादुर गुरुङले जानकारी दिएका छन्।

काठमाण्डौको सामाखुसीमा रहेको अञ्जली आभरसिज प्रालि बाट ४ लाख रुपैँया तिरेर ४ महिना अघि मात्र युएई आएका गुरुङ कोमामा पुगेपछि उनको परिवारमा बिचल्ली भएको छ।

हालसम्म कम्पनीले नै गुरुङ्गको उपचारमा अस्पतालसँग समन्वय गरिरहेको भएपनि गुरुङको स्वास्थ्यमा कुनै सुधार नदेखिए पछी केहि दिनमा नेपाल फर्काउने तयारी रहेको रेख बहादुर गुरुङले जानकारी दिएका छन।
कोमामा रहेका ३७ वर्षीय गुरुङ्ग नेपाली सेनाका रिटायर्ड हुन् भने उनका घरमा आमा, श्रीमति र एक छोरा रहेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: