Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोनाल्डो, लुका र सलाह अन्तिम सूचीमा, वर्ष खेलाडीको उपाधि कसले जित्ला ?

काठमाडौं, भदौ ५ । युरोपको फुटबल प्रशासकीय निकाय (युइएफए) ले हरेक साल प्रदान गर्दै आएको युइएफए वर्ष खेलाडी अवार्डका लागि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अन्तिम मनोनयनमा परेका छन् ।

रोनाल्डोसहित रियल मड्रिडका मिडफिल्डर मोड्रिक, युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो र लिभरपुलका फरवार्ड सलाहल अन्तिम तीनमा परेका हुन् । उनीहरुलाई ८० प्रशिक्षक र ५५ पत्रकारको प्यानलले छनौट गरेको हो ।

गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् । अन्तिम तीनमा परेकाबाट वर्ष खेलाडीको घोषणा हुनेछ । उहि भदौ १४ गतेमा मोनाकोमा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरण ड्र को क्रममा वर्ष खेलाडीको घोषणा हुनेछ । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: