Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नवीन संगीत र टिका पुन ‘कर्णालीको पानी सलल’ (भिडियोसहित)

काठमाडौं, भदौ ५ । गायक नवीन संगीत र गायिका टिका पुनको स्वरमा लोकदोहोरी गीत ‘कर्णालीको पानी सलल’ सार्वजनिक भएको छ । गायक संगीत रोजगारीको क्रममा भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका सर्जक हुन् । पछिल्लो पटक उनले आफ्नै जिल्लाको सिमाबाट बग्ने कर्णाली र भेरी नदीको थेगो बनाएर गीत बनाएका हुन ।

गायक तथा संगीतकार किरण बाबु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी बजारमा आएको छ । किरण चैसिरको छायाँकन, अमर शाक्यको सम्पादन, एकेन्द्र सारा शंकरको निर्देशनमा गीतको म्युजिक भिडियो तयार भएको हो ।

गीतमा शंकर विसी र मोडल शशीकला राईको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: