Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीमदत्तनगरमा तनाव, दर्जनौ सेल अश्रुग्यास प्रहार

कञ्चनपुर, भदौ ५। भीमदत्तनगरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्त प्रकरणमा वास्तविक दोषीलाई लुकाउन खोजेको भन्दै स्थानीयवासीले बजार बन्द गराएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ अहिले तनाव भएको छ ।

घटना भएको २६ दिनपछि प्रहरी सोमबार दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको स्थानीयको दाबी छ ।

निर्मलाको गएको साउन १० साउन साथीको घरबाट फर्किने क्रममा बेपत्ता भएपछि साउन ११ गते उखुबारीमा शव भेटिएको थियो । घटना भएको लामो समय विति सक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले दवावका कार्यक्रम गर्दै आएको थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: