Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुविधा सम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका इमरान सरे तीन कोठे क्वाटरमा

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान सुविधा सम्पन्न प्रधानमन्त्री निवासमा नबसेर सैन्य सचिवका लागि बनाइएको तीन कुठे क्वाटरमा सरेका छन् । आइतबार उनले विशाल प्रधानमन्त्री आवासमा नबस्ने घोषणा गरेका थिए। साथै उनले सरकारी खर्चमा व्यापक कटौती गर्ने संकल्प पनि गरेका छन् ।

साथै प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा पहिलो संबोधन गर्दै देशको सरकारी खर्च कटौतीसँगै आफूले गर्ने खर्चमा कटौती गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री इमरान बानीगालाको आफ्नै घरमा बस्न चाहान्थे तर सुरक्षा अधिकारीहरुले उनको ज्यान खतरामा रहेको बताएपछि बाध्य भएर आफू त्यहाँ बस्न लागेको बताए ।

जियो न्यूजका अनुसार खान सैन्य सचिवको आवासमा बस्न थालेका छन् । शपथ ग्रहण भन्दा पहिला उनको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफले भनेको थियो पञ्जाबस्थित मुख्यमन्त्रीको भवन प्रधानमन्त्रीको आवासका लागि प्रयोग गरिने छ ।

तर पछि नयाँ प्रधानमन्त्रीमाथि सुरक्षा चुनौति भएको कारण सैन्य सचिवका क्वाटरमा बस्ने निर्णय गरेका हुन । प्रधानमन्त्रीको नयाँ आवास पीएम हाउस कोलोनीमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: