Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रम ऐन कार्यान्वयन गर्न व्यवसायीद्वारा परिपत्र

काठमाण्डौं । पेट्रोलियम डिलर्स एशोसिएशनले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ कार्यान्वयन गर्न मातहतका डिलरहरु (पेट्रोल पम्प) हरुलाई परिपत्र जारी गरेको छ ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनले साउन १ गतेदेखि नै लागू हुने गरी पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकहरुको पारिश्रमिक सहित सेवा सुविधा वृद्धि गर्न मातहतका डिलरहरु (पेट्रोलपम्प) हरुलाई परिपत्र जारी गरेको हो ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष अच्युतबहादुर खड्काद्धारा हस्ताक्षरित पत्रमा न्युनतम पारिश्रमिक महँगी भत्ता सञ्चय कोष ८.३३ प्रतिशत उपदान, ७ लाखबराबर दुर्घटना बीमा १ लाखबराबरको औषधी उपचार बीमा, चाडपर्व खर्चवापत एक महिनाको पारिश्रमिक लगायतका सेवा सुविधाहरु प्रदान गर्ने निर्देशन दिएको छ ।

नयाँ श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ आुसमर श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुगेको हो ।

यसअघि मजदुरको न्यूनतम ज्याला ९ हजार ७ सय रुपैयाँ मात्रै थियो । यसअघिको तुलनामा ३७ सय ५० रुपैयाँले बढाइएको हो ।

उक्त परिपत्र स्वागत योग्य रहेको भन्दै अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोख्रेलले सवै पेट्रोलियम व्यवसायीहरु कानूनी दायरामा आउनुपर्ने, कोही कसैले अटेर गरी कार्यान्वयन नगरे उक्त व्यवसायीहरुलाई कानुनि दायरमा ल्याउने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: