Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नियन्त्रणमा लिएको तरकारी बेच्दै सरकार

काठमाडौँ, भदौ ५ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी फलफुल तथा तरकारी बजारबाट अनुगमनका क्रममा नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ ।

अनुगमनका क्रममा बिना बिलबिजकको तरकारी बोकेका दुई जीपलाई टोलीले सोमवार नियन्त्रणमा लिएको थियो ।

अनुगमन टोलीले काँक्रो, फर्सीलगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट तरकारी जफत गरेको हो ।

तरकारी बिक्रीमा सहभागी विभागका शाखा अधिकृत दीपक पोखरेलका अनुसार ट्राफिक प्रहरीको सहयोगमा सर्वसाधरण र सशस्त्र प्रहरीले तरकारी खरिद गरिरहेका छन् ।

टोलीले कालीमाटी तरकारी बजारकै दरभाउमा काँक्रो प्रतिकिलो ५० देखि ६५ र फर्सी ४० देखि ५० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त मूल्यमा बिक्री नभएपछि टोलीले मूल्य पुन: घटाएर प्रतिकिलो २५ देखि ३५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

‘दुई/तीन घण्टा कुर्दा पनि बिकेन,’ उनले भने, ‘त्यसपश्चात् मूल्य पुन: घटाएका छौं ।’ मूल्य घटाएपछि काँक्रो सबै बिक्री भएको छ । फर्सी बाँकी रहेकाले पुन: सूचना प्रकाशित गरेर फर्सीको मूल्य १५ देखि २० रुपैयाँ राखेको उनले बताए ।

सोमवार अनुगमनका क्रममा विवाद भएपछि व्यापारी र बिचौलियाहरूले अनुगमन टोलीका सदस्यहरूलाई केही छिन नियन्त्रणमा लिएका थिए। उक्त घटनाबारे बुझ्न आपूर्तिमन्त्री मात्रिका यादव स्वयम् कालिमाटी पुगेका थिए।

कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: