Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महिलालाई निबस्त्र बनाएर घण्टौं बजार गुमाएकाे घटनामा कयौ पुलिस निलम्बन

पाटना, भदौ ५ । भारतको बिहार राज्यको भोजपुर जिल्लाको बिहिया शहरमा एउटा भीडले एक महिलालाई निर्वस्त्र गरेर घण्टौं बजार घुमाएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार ती महिलामाथि १९ वर्षीय एक युवा हत्या संलग्न रहेको आरोप लगाएका छन् ।

पुलिसका अनुसार उग्र भीडले पहिला कयौ घर र गाडीमा आगजनी गरेको र त्यसपछि ती महिलालाई घरबाट बाहिर ल्याएर नराम्रोसँग कुटपीट गरेकाे थियो । अनि उनलाई निबस्त्र पारेर बजारमा घण्टौं घुमाइएकाे थियाे ।

जिल्लाका पुलिस अधिक्षक अवकाश कुमारले घटनाबारे यथोचित्त संवेदशीलता नअपनाएको भन्दै बिहिया प्रहरी चौकीका पुलिसलाई निलम्बन गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: