दिनेश र सीमाको मौलिक तीज गीत ‘पाउजु बरिलै’ सार्वजनिक (भिडियोसहित)

बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै” भर्खरै बजारमा आएको छ ।

दिनेश र सिमाको स्वरमा रहेको गीतमा दिनेशकै संगीत छ भने शब्द दिनेश र सरोज लामिछानेको रहेको छ । रकेश वलीले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन्।

प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय हेर्न पाइन्छ । गीतलाई गोर्खा चौतारी म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको हो ।

कमेन्ट गर्नुहोस्