Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः सन्दिपको शानदार प्रदर्शन, एकै ओभर लगे २ विकेट !

काठमाडौं, भदौ ६ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको प्रदर्शन आज पनि शानदार रहेको छ । उनले आज पनि आफ्नो दोस्रो ओभरमा २ विकेट लिएका छन् ।

खेल सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र एसटी लुसिका स्टारबीच खेल भइरहेको छ । प्याट्रियोट्सको कप्तानी क्रीश गेलले गरेका छन् । भने, स्टारको नेतृत्व किरोन पोलार्डले ।

सन्दिपको टिमले यसअघि तीन खेलमध्ये २ मा पारजित भएको छ । भने, सन्दिपले ३ खेलमा पाँच विकेट लिएका थिए । उनले आजको खेलसँगै अंक तालिकामा ७ विकेट आफ्नो नाममा लेखाएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: