कर्मचारी समायोजन प्रक्रिया रोकियो

काठमाडौं, भदौ ६ । ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसद्मा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन ।

‘कानुन नै नभएपछि कसरी समायोजन प्रक्रिया अघि बढाउने ? -मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जसबाट प्रदेश र स्थानीय तहको सेवा प्रवाहमा प्रभाव परेको गुनासो प्रदेश र स्थानीय सरकारका प्रतिनिधिको छ । आजको नेपाल समाचारपत्रले खबर लेखेको छ ।

कमेन्ट गर्नुहोस्