Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युभेन्टसको जर्सीमा रोनाल्डोको परिवार यस्तो देखियो

काठमाडौं, भदौ ६ । अहिले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको झन चर्चा चुलिएको छ । इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्ध भएपछि रोनाल्डोको चर्चा झन चुलिएको हो । रियल मड्रिडबाट उनलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग पनि बढेको छ ।

३३ वर्षीय रोनाल्डोले सिरी ए को डेब्यु खेलमा गोल गर्न सकेनन् । तर उनले परम्परागत खेलमा भने गोल गरेका थिए । रोनाल्डोले आफ्नो प्रभाव सिरी ए मा पार्ने तयारी गरिरहेका छन् भने युभेन्टस फ्यानले उनीबाट धेरै आश गरिरहेका छन् ।

यसैबीच, रोनाल्डोले केही दिनअघि एउटा तस्बिर सेयर गरेका छन् । जसले युभेन्टस प्रेमलाई संकेत गर्छ । त्यसमा रोनाल्डो र उनीकी प्रेमिका तथा तीन छोरा र एक छोरीले युभेन्टसको जर्सी लगाएका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले कालो रंगको अवे जर्सी लगाएका छन् । यस्तै तीन छोरा र एक छोरीले युभेन्टसको चर्चित कालो-सेतो चेक भएको जर्सी लगाएका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: