प्रचण्डद्वारा बकर इदको शुभकामना

काठमाडौं, भदौ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)को अवसरमा देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।

यो पर्वले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्ने सन्देश दिएको उने बताए । प्रचण्डले भने, ‘देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो । हामी आर्थिक समृद्धिको चरणमा छौं ।

लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

मुस्लिम समुदायको यो पर्वले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेमा आशावादी रहेको उनले बताए । प्रचण्डले पर्वको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: