Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बजारमा सुनको मूल्य अझै स्थिरै, चाँदीको घट्यो !

काठमाडौं । साताको चौथाृे दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: