Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपत्यकाका ट्याक्सी चालकले अबदेखि ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौं, भदौ ६ । राजधानीका ट्याक्सी चालकहरूले अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ। बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा एक कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्थाको शुभारम्भ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि उक्त ज्याकेट लगाउनु पर्ने बाध्यात्मक व्यवस्था गरेपनि पूर्ण रुपमा कार्यान्वनका लागि एक महिनाको समय दिइएको छ । आवश्यक मात्रामा उक्त पोशाक व्यवस्था हुन समस्या हुने भएपछि एक महिनाको समय दिइएको हो ।

एक महिनाभित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए। उनले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे।

यात्रुलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राइभरलाई कानूनी कारबाहीको दायरामा ल्याइने उनले बताए। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरूपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरूलाई निर्देशन दिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: