Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नुवाकोट अस्पतालमा कर्मचारी अभाव

काठमाडौँ । नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ ।

सो ५० शैय्याको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको सो अस्पतालमा दरबन्दी रहेको छ । अहिले सातौं तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ । सांसद नारायण खतिवडा अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताउँछन् ।

उनले भने- “छिटोभन्दा छिटो विशेषज्ञ चिकित्सक पठाउन सदनमार्फत स्वास्थ्यमन्त्री, सचिव र विभागका महानिर्देशकसँग पटकपटक ध्यानाकर्षण गराइसकेको छु ।” सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन भएको छ भने । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: