Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महोत्तरीमा दुई समुहबीच झडप, हवाई फायर र एक दर्जन घाइते

महोत्तरी, भदौ ६ । जिल्लाको लोहरपट्टी नगरपालिकामा इदको नमाज कुन इमामले पढाउने भन्नेबारे दुई समुहबीच विवाद हुँदा झडप भएको छ । झड्पलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ गरेको छ । झडपमा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले लोहरपट्टीको स्थिति तनावपूर्ण छ। ‘प्रहरीले भीडलाई तितरवितर गरेपनि स्थिति तनावपूर्ण भएको महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए । अहिले प्रहरी र सशस्त्र प्रहरीको टोलीले मज्जिदलाई घेरा हालि कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बकर ईदको समयमा यसअघि पनि त्यहाँ दुई समुहबीच सोही विषयलाई झगडा हुने गरेको थियो। ‘त्यहाँ पहिले पनि ईदको समयमा दुई समुहबीच झडप हुने गरेको थियो।

त्यसैले हामीले यो पटक दुवै समुहलाई प्रहरी कार्यालयमा नै राखेर झगडा नगर्ने सहमति गराएका थियौं,’ उनले भने, ‘तर आज बिहान साढे ८ बजे झडप भएको छ। हामी त्यसलाई नियन्त्रण गरेर समाधान गर्ने प्रयास गरिरहेका छौं।’

प्रहरीका अनुसार झडपमा घाइते भएकाहरुलाई प्रहरीले उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पताल पठाएको छ। कान्तिपुर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: