प्रधानमन्त्रीले गरे गृहजिल्लामा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको बुधबार शिलान्यास गरे । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० शैया हुनेछ ।

प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ ।

याे पनि पढ्नुस  भ्रष्टाचार गर्दिन, गर्नेलाई छोड्दिन, निर्मूल गरेरै छोड्छु : प्रम ओली

चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताए।

याे पनि पढ्नुस  राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : प्रवक्ता शर्मा

निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निर्धारित समयमा सम्झौतानुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ ।

प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार लखनपुरमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले गाउँपालिकाको गौरवको योजनाका रुपमा लिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताए । रासस

याे पनि पढ्नुस  चन्द्रागिरिमा गुञ्जिए संमृद्दिका स्वर, श्राेता बने प्रधानमन्त्री !

कमेन्ट गर्नुहोस्