Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकल पुरुषलाई पनि अब मासिक भत्ता !

बैतडी, भदौ ६। बैतडी जिल्लाको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाभित्रका ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले मासिक भत्ता वितरण गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र केही असहाय पुरुष पनि रहेकोले उनीहरुको जीवनयापनका सहज होस् भनी नगरपालिकाले विधुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले बताए ।

अहिले त्यस्ता पुरुषको तथ्यांक संकलन भइरहेको र सामाजिक भत्तासँग वितरण गरिने उनले बताए । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने मेलौली नगरपालिका नेपालको पहिलो स्थानीय तह हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: