Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी ल्याउन २ करोड निकासा

काठमाडौं, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको छ । कारोबार दैनिकले खबर छापेको छ ।

सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख भदौ १३ गते काठमाडौं आउँदैछन् ।

नेपाल प्रहरीसँग दुई वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । त्यस्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि केही बुलेप्रुफ सवारीसाधन छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कार भारतबाटै ल्याइने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: