काठमाडौं, भदौ ७ । स्पेनिस ला लिगाका टिम क्याप्टेनहरुले लिग नै बहिस्कार गर्ने चेतावनी दिएका छन् । ला लिगाका प्रमुख खेलहरु अमेरिका गराउने सहमति भएको थाह पाएपछि टिम क्याप्टेनको बैठक बसेर उनीहरुले लिग नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि सहभागी थिए ।
१५ वर्ष सम्झौता गर्दा खेलाडीसँग त्यसबारे कुनै परामर्श नगरेको भन्दै खेलाडी संघले पनि असन्तुष्टी पोखेको छ । एएफईका अध्यक्ष डेविड एगान्जोले भने, ‘यो कमन सेन्सको कमी हो ।
एक कार्यक्रम जहाँ नाफाको मात्र हिसाव भएको छ । फ्यानको कुनै हिसाव छैन ।’ खेलाडीहरुले लिग बहिस्कार गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । उनले भने ‘हामी त्यहाँसम्म पुग्न चाहँदैनौं । तर, आवश्यक पर्यो भने त्यहाँ पनि जान्छौं ।’ -एजेन्सी