Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खड्काको संयोजकत्वमा ११ सदस्यीय कांग्रेसको विधान मस्यौदा समिति

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसले संघीय संरचना अनुरुप पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

केन्द्रीय समितिको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले विधान संशोधन समिति गठन गरेका हुन । समितिमा केन्द्रीय सदस्यहरु डा मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।

समितिले संघीय संरचना अनुरुप पार्टी संगठन बनाउन संगठनात्मक पुनर्संरचनासहित विधान संशोधनको मस्यौदा तयार पार्ने बताइएको छ । समितिले आफ्नो कार्यविधि आफै तयार गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: