Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कक्षा ६ मा पढ्ने छात्राको यस्तो भावुक पत्र, प्रअलाई भनिन्, ‘रेस्टिगेट’ गरिदिनू

म्याग्दी, भदौ ८ । संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् । बेनी नगरपालिका-६ स्थित जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीले घरमा खाने खर्च र कापीकलम किन्ने पैसा नभएकाले विद्यालय जान नसकेको भावुक पत्र प्रधानाध्यापकलाई पठाएकी छिन् ।

छात्रा खत्रीले पत्रमा पारिवारिक र आर्थिक अवस्थाका कारण विद्यालय आउन नसक्ने भएकाले विद्यालयबाट निकाला गरिदिन प्रधानाध्यापकसमक्ष अनुरोध गरेकी छिन् । ‘म धेरैजसो विद्यालयमा उपस्थित हुन पाइनँ, अब मलाई ‘रेस्टिगेट’ गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु,’ पत्रमा लेखेकी छिन्, ‘घरमा न खाने खर्च छ, न लेख्ने पढ्ने कापीकलम भएकोले हो सर म बाध्यताले विद्यालयमा आउन सकिनँ मलाई पढाइ दिने कोही छैनन् ।’ पूजाले साथीमार्फत १ भदौमा प्रअलाई पत्र पठाएकी थिइन् ।  नयाँ पत्रिकामा खबर छ ।

आमाले गरिन् दोस्रो बिहे, बाबु मदिरामा मस्त
पूजाको परिवारको आर्थिक अवस्था निकै दयनीय छ । पूजाका बाबुले दैनिक जसो मदिरा सेवन गरेर ज्याला मजदुरी गर्ने स्थानमै पुगेर कुटपिट गरेपछि आमाले दोस्रो विवाह गरिन् । आमाले छाडेपछि खाने गाँस र बस्ने बासको टुंगो नलागेको तथा पढ्ने वातावरण नभएको पूजाले बताइन् । विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले विद्यालयमा त्रैमासिक परीक्षा आएको र नियमित विद्यालयमा आउन ताकेता परेपछि साथीमार्फत पत्र आएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: