Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकीकरण सिफारिसप्रति पूर्वएमालेलाई चित्त बुझेन

काठमाडौ, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि जनाउँदै प्रतिवेदन सच्याउन माग गर्ने अधिकांश जिल्लास्तरीय नेताहरू माधवकुमार नेपालनिकट छन् । केन्द्रीय सचिवालयले ७ भदौभित्र एकीकरण कार्यदललाई प्रतिवेदन बुझाइसक्न निर्देशन दिए पनि प्रदेश १ र २ ले अझै बुझाएका छैनन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: