Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आन्दोलनमा दमन भएको भन्दै कञ्चनपुका विद्यालय बन्द, दुवै पक्षबीच वार्ताको तयारी

कञ्चनपुर, भदौ ८ । निर्मला पन्तका वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन्दाले थालेको आन्दोलनमा प्रहरीले चरम दमन गरेको भन्दै कञ्चनपुरका विद्यालयहरु बन्द गरिएका छन् ।

आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले एक दिनका लागि विद्यालय बन्द गरेका हुन् । आन्दोलनमा समर्थन जनाउदै आज जिल्लाका कुनै पनि विद्यालय खुलाइएका छैनन् । प्रहरीले हिजो (विहिबार) स्थानीय बासिन्दाको आन्दोलनमा गोली प्रहार गरेको थियो । गोली लागेर ८ जना घाइते भएका थिए ।

घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु शुक्रबार बिहान ५ बजेपछि खुलेको छ । हालसमम स्थानीय प्रशासन र आन्दोलनकारीहरुबीच वार्ता हुन सकेको छैन । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले वार्ताका लागि पहल भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: