Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निरप्रसाद गुरुङ्गको नयाँ गीत ‘जुनी’ को एल्बम सार्वजनिक

नेपाली गीत संगीत क्षेत्रमा बेला बखतमा नयाँ प्रयोग भएको देखिन्छ ्र यसले सांगीतिक क्षेत्रमा नै केही किसिमको नयाँ आमुल परिवर्तन लिएर आएको पनि छ । यस्तै गीतकार निरप्रसाद गुरुङ्गले पनि नेपाली सांगीतिक क्षेत्रमा केहि नया गर्ने प्रयास गरेका छन् । यही स्वरूप उनले आफ्नै शब्द र संगीतमा ‘जुनी’ नामक एल्बम रिलिज गरे ।

सम्भवत पहिलो पटक नेपाली सांगीतिक क्षेत्रको इतिहासमा ‘गीत एक, संगीत अनेक’ को रुपमा तयार पारिएको एल्बम ‘जुनी’ रिलिज उनले सबैको सामु सार्वजनिक गरे ।

यो एउटा एस्तो एल्बम हो जसमा गीत एक छ शब्द पनि एक छ तर संगीत भने अनेक छ ्र यो नौलो प्रयोग पनि मानिएको छ नेपाली गीत संगीत क्षेत्रमा । निरप्रसाद गुरुङ्गको यो प्रयासले केही नयाँ बाटो समेत खोलेको छ र उनी सांगीतिक क्षेत्रमा एक उदहारण पात्रको रुपमा समेत उभिन सफल भए । उनको ‘जुनी‘ एल्बमको गीतहरु केही महिनाअघि नै सार्वजनिक भईसकेको छ । उनको यस ‘जुनी‘ एल्बममा ४ वटा गीत समावेश रहेका छन् । यसको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक–श्रोताहरुले सुन्न पाउनुहुने छ।

यस एल्बमको गीतहरुमा शब्द र संगीत निर प्रसाद गुरुङ्गको रहेको छ । गीत रचना गर्दा शब्दमा गीत, गजल, मुक्तकको स्वभावको साथमा धेरै भन्दा धेरै ‘अनुप्रास’ देखा परेकोले यो प्रस्तुति गर्न आँट आएको गुरुङ्ग बताउछन् ।

यस एल्बमभित्र समावेश सबै गीतको भिडियो निर्माता पनि स्वयम गुरुङ्ग नै रहेका छन् । ‘गीत एक, संगीत अनेक’ रुपको यस प्रकारको गीत नेपाली सांगीतिक इतिहासमा मात्र सीमित न रहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना गुरुङ्गको भनाई छ।

विश्वमा नेपाली संगीतको यस्तो प्रकारको सृजना चिनाउनको लागि अन्तरराष्ट्रिय सम्बधित निकायमा ‘रिसर्च’ खोजी गरिरहेको बताउँँछ । ‘जुनी’ एल्बमको ४ वटा गीतको यो पहिलो गीतः ‘यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ” बोलको गीत नेपाली सांगीतिक फाटका बहु चर्चित कलाकार प्रमोद खरेलको अति कर्ण प्रिय स्वरको साथ हात रहेको छ ।

यस गीतको संगीत संयोजन बहुचर्चित कलकार बि.बी. अनुरागीले गरेका छन । गीतको भिडियोमा मोडेलमा सनम कठायतलाई अन्जु चौलागाईले साथ दिएका छन् ।

यस्तै भिडियोको छायांकन उत्सव दहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धिताल गरेका छन् । यही हिसाबले यस एल्बममा समावेश अरु गीतहरु पनि रिलिज भईसकेको छ ्र युटुबमा खोजी गर्नुभयो भने सबै गीत दर्शकहरुले कुनै समस्या बिना नै पाउन सकिन्छ । नेपाली सांगीतिक क्षेत्रमा यो नौलो प्रयोगलाई एकपटक सबैले हेरेर सहीढंगले मुल्यांकन गर्न आवश्यक रहेको देखिन्छ । उता निर प्रसाद गुरुङ्गको पनि भनाई यस्तै नै रहेको छ ।

उनले एकपटक आफ्नो यो फरक प्रयास हेरेर यसको सही मुल्यांकन गरेर सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुन सबै दर्शक श्रोताहरु संग अनुरोध गरेका छन् ्र अबको आगामी दिनमा यो भन्दा केही फरक गरेर देखाउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् । यही अनुरुपले अहिले उनी आफ्नो नया प्रस्तुतिको लागि तयारी समेत गरिरहेका छन् । तर, उनले अहिले नै यस विषयमा कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । उनले छिट्टै नै यस विषयमा खुलासा गर्ने बताएका छन् । उनको यो फरक प्रयास साच्चै नै सराहनीय रहेको छ भने नेपाली सांगीतिक क्षेत्रले यसको सही ढंगले सम्मान गर्नु र यसलाई उपयोग गर्नु जरुरी पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: