Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अस्ट्रेलियामा अाफ्नै पार्टीद्वारा प्रधानमन्त्री कू, स्कट मोरिसन नयाँ प्रधानमन्त्री !

सिड्नी, अस्ट्रेलिया, भदौ ८ । स्कट मोरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् । पार्टीभित्र व्यापक विरोधको सामना गरिरहेका बहालवाला प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले पद छोड्न भनेकाे हाे ।

अस्ट्रेलियाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले नेतृत्वको प्रतिस्पर्धामा समेत सामेल हुन दिएँन । टर्नबुल पार्टीभित्र निकै आलोचित रहेका थिए ।

पार्टीको अन्तरिक मतदानमा वर्तमान सरकारमा अर्थमन्त्री रहेका स्कट मोरिसन र गृहमन्त्री पीटर डटनबीच प्रतिस्पर्धा भएको थियो जसमा मोरिसनले ४५ मत प्राप्त गरेका थिए । कुल ४० मत पाएका डटनले नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्ने बताएका छन् ।

टर्नबुल गएको एक दशक यता यसरी पदमुक्त भएका चौथा प्रधानमन्त्री हुन् । लिबरल पार्टीका नेता म्यालकम टर्नबुल आफ्नै पार्टीबाट विरोधको सामना गर्दैथिए । पछिल्लो समय उनको सरकारका केही मन्त्रीहरूले समेत राजिनामा दिइसकेका छन् ।

कयौं सांसदहरूले एउटा पत्रमा हस्ताक्षर गर्दै मतदान गर्ने भनेपछि म्याल्कम टर्नबुल यसका लागि तयार भएका थिए ।

बिहीबार मात्रै उनले अस्ट्रेलियामा जे जे भइराखेको छ त्यसलाई देखेर धेरै मान्छे अचम्ममा पर्ने अभिव्यक्ति दिएका थिए ।

स्कट मोरिसन ‘टुरिज्म अस्ट्रेलिया’का पूर्व प्रबन्ध निर्देशक रहिसकेका छन् । उनले यस अघि अप्रवासन र सामाजिक सेवा सम्बन्धि मन्त्रालय सम्हालिसकेका छन् ।

विदेशमन्त्री जुली बिसप पनि या दौडमा सामेल थिइन् तर उनी अन्तिम चरणसम्म पुग्न सकिनन् ।

शुक्रवार समाप्त भएको मतदान अस्ट्रेलियाको राजनीतिक इतिहासमा नै सर्वाधिक नाटकीय रहेको बताइएको छ सुरुमा मोरिसन यस दौडमै सामेल थिएनन् । मंगलवार मात्र पीटर डटन म्याल्कम टर्नबुलसँग प्रतिस्पर्धा हारेका थिए ।

तर म्याल्कमका प्रमुख समर्थकहरूले उनको साथ छोडेपछि मोरिसन र बिसप पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।

पीटर डटनको निष्ठा

गृहमन्त्री पीटर डटनले स्कट मोरिसनलाई बधाई दिएका छन् । उनले भने, ‘यहाँ मेरो काम स्कट मोरिसनप्रति पूर्णरुपले निष्ठा प्रदर्शन गर्नु हो र यो प्रमाणित गर्नु छ कि हामी आगामी चुनाव जितौं ।’

तीनै नेता स्कट मोरिसन, म्याल्कम टर्नबुल र जुली बिसपले मतदान लगत्तै कुनै प्रतिक्रिया दिएका छैनन् । अस्ट्रेलियाको राजनीतिमा पछिल्लो समय छिटो–छिटो उथल–पुथल चलिरहेको छ । पछिल्लो समय कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल (३ वर्ष) पूरा गर्न पाएका छैनन् । बीबीसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: